काठमाडौँ । माधव नेपाल समूहले आज बिहीबार अखिर फोर्स गठन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि माधव नेपाल समूहले पनि अखिर फोर्स गठन गरेको हो । काठमाडौँ भएको एक कार्यक्रमकाबीच नेता नेपाल समुहका अनेरास्ववीयूले अखिल फोर्स गठन गरेको हो ।

तपेन्द्रजंग शाहीको नेतृत्वमा गरिएको अखिल फोर्स गठन सदैब ‘शैक्षिक माफिया र अराजकता मच्याउनेका विरुद्ध परिचालन हुनका लागि अखिल फोर्स गठन गरेका हौं,’अनेरास्ववियुका सह–अध्यक्ष वासिम आलमले भने ।

ओली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन आफूहरुले अखिल फोर्स गठन गरिएको नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए । उनले भने, ‘ओली समूहलाई ‘काउन्टर’ दिन अखिल फोर्स गठन गरेका हौं । अब देशैभर संगठन निर्माण हुन्छ ।’ अखिल फोर्स देशभरका क्याम्पस तथा जिल्लाहरुमा गठन गरिने उनले बताए । घोषणा कार्यक्रममा नेपाल समूहका शीर्ष नेताहरुको उपस्थिति भने थिएन ।

ओली पक्षको युवा संघले सोमबारमात्रै क्षितिज थेबेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!