
रम्भा गाउँपालिका-३ सितापहाड नजिकै सिद्धार्थ राजमार्गमा बुधबार राति ढुङ्गा सहितको सुक्खा पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले सडक डिभिजन कार्यालयसँगको समन्वयमा सडक खुलाउन पहल गरिरहेको छ ।

येसैगरि, शिवराज नगरपलिका-१ पैराखोलास्थित पूर्व-पश्चिम राजमार्गमा बिहीबार बिहान लेदो सहितको पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले सडक डिभिजन कार्यालय चन्द्रौटासँगको समन्वयमा सडक खुलाउन पहल गरिरहेको छ ।