हिपमत डटकम

बिहिबार, आषाढ ३१, २०७८ || 654  पटक पढिएको

विराटनगर ।  परिवर्तनका हातहरू (एचओसी)ले विद्यार्थीहरूका लागि आयोजना गरेको देशव्यापी खुल्ला कविता प्रतियोगितामा झापाकी सेलिया श्रेष्ठ प्रथम भएकी छिन् ।

उनले ‘एउटै छ माटोको रंग’ शीर्षक वाचन गरेर प्रथम भएकी हुन् । प्रतियोगितामा काठमाडौंकी प्रविज्ञा नेपाल ‘मभित्रको देश’ शीर्षक वाचन गरेर द्वितीय भइन् । विद्यार्थीभित्र रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा मोरङको रतुवामाईकी शर्मिला चौलागाई तृतीय भइन् । चौलागाईंले ‘अछुत आवाज’ कविता वाचन गरिन् ।

बुटवलका रोशन घिमिरेको ‘तिमी शान्त नबस’ र मोरङका दीपेन्द बराइलीको ‘विदेश’ शीर्षकको कविताले प्रतियोगितामा चौथो स्थान प्राप्त गरेको छ । जुममार्फत भएको प्रतियोगिताको निर्णायकमा कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’ थिए । देशभरिबाट प्राप्त २८ वटा कविताबाट उत्कृष्ट ५ जना छनौट गरिएको थियो ।
विद्यार्थीहरूले आफूले वाचन गरेका कविताको भिडियो आयोजकलाई पठाएका थिए । प्राप्त कवितालाई निर्णायकहरूले सुनेर विजेता छनौट गरेका हुन् । निर्णायकबाट आएको नम्बरलाई ८० प्रतिशत र सामाजिक सञ्जालको प्रतिक्रियालाई २० प्रतिशत आधार मानेर अन्तिम नतिजा प्रकाशन गरिएको आयोजक संस्थाका अध्यक्ष केशव भण्डारीले जानकारी दिए । आगामी दिनमा पनि युवा विद्यार्थीलाई लक्षित गरी अन्य कार्यक्रम सञ्चालन गरिने एचओसीका सचिव दीपक आचार्यले बताए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!