हिपमत डटकम

बुधबार, आषाढ ३०, २०७८ || 1035  पटक पढिएको

प्रधानमन्त्री शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधव नेपालको निवास पुगेका छन् । बुधबार अपरान्ह प्रधानमन्त्री देउवा नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् ।

मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले एमाले विवादमा सरकारका तर्फबाट गर्न सकिने सहजीकरणका लागि नेपालसँग छलफल गरेको बुझिएको छ ।

आज मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सरेका एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई एमालेमा स्वीकार गर्न नकिने बताएका थिए । प्रधानमन्त्री देउवालाई पनि विश्वासको मत लिन नेपाल पक्षको आवश्यकता छ । प्रतिनिधि सभा बचाउन नेपालले फेरि पनि साथ दिने देउवाको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!