
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास पुगेपछी माधव नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताएका छन् । ओलीले सम्बोधन गर्दै भने, अरु साथीहरुलाई कमजोरी स्वीकार गरेर आए पार्टीमा स्वागत तर नेपालले आफ्नो आत्मालोचना, कमिकमजोरी स्वीकार गरे पनि कुनै स्थान नभएको बताए।

माधन नेपाल आफ्नै पार्टीको सरकार ढाल्न अगुवाई गर्ने व्यक्ति भएको बताए। अदालतमा निवेदन हालेर सँधै परामादेशबाट किस्तिमा सरकार नपाइने चेतावनी उनले दिए।
पार्टी भित्र विभिन्न तत्वहरुको घुसपैठ भएको र पार्टीकै नेता नेपालको नेतृत्वमा सरकार ढाल्न कहिले राष्ट्रपतिकहाँ त कहिले अदालत गएको उनले बताए।