रबिन्द्र बराल

बुधबार, आषाढ ३०, २०७८ || 1035  पटक पढिएको

माेरङ काे रंगेली नगरपालिकामा सेवाग्राही र सेवाप्रदायकबिच शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश कार्यालय विराटनगरको सहयोग र मानव अधिकार समूह रंगेली आयोजनामा इन्सेकद्घारा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने”इएलपी परियोजना अन्तरगत सेवाग्राही र सेवाप्रदायकबिच संविधान प्रदत्त मौलिक अधिकारका सवालमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको हाे ।

साे कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदी, बडा अध्यक्ष रामचन्द्र मंण्डल, घन्श्याम पनेरु , स्वास्थ्य प्रमुख ब्रजेश मेहेता, शिक्षा अधिकृत रबिन्द्र पंण्डित, स्थानीय उषा झा, धर्मेन्द्र मंण्डल, पुनम सापकोटा , लगायत काे उपस्थित रहेको थियोे । सहभागीहरुले सार्वजनिक निकायबाट प्रवाह हुने संविधान प्रदत्त सवालमा आफूहरूलाई थप जिम्मेवार बढेकाे र इन्सेक मानव अधिकार समूहले उठान गरेका शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवाललाई राजनीति भन्दा फरक ढङ्गले हेरी सोही अनुसार कार्यान्वयनमा सबै पक्ष सहभागी भए त्यसले ग्रामीण भेगका नागरिकको जीवनस्तर सुधार हुने अपेक्षा समेत राखेका छन । ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!