
मलंगवा नगरपालिका-८ झिलमिलिया माई मन्दिर नजिकबाट स्रोत नखुलेको १ हजार दरको ५ सय थान गरी जम्मा ५ लाख रुपैयाँ सहित मलंगवा नगरपालिका-३ बस्ने ३० वर्षीया रेहाना खातुनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यायलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनले झोलाभित्र राखेको उक्त स्रोत नखुलेको नगद सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।