हिपमत डटकम

बुधबार, आषाढ ३०, २०७८ || 832  पटक पढिएको

सुनसरी, धरान उपमहानगरपालिका-८ भोटेपुलबाट नियन्त्रित लागूऔषध ५ बोतल डाइलेक्स डिसी र ४ सय ५ ट्याब्लेट स्पास्मो प्रोक्सिभन सहित सोही ठाउँ डेरा गरी बस्ने मोरङ सुन्दर हरैंचा नगरपालिका-५ घर भएका ५५ वर्षीय प्रेम प्रसाद भट्टराईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

अर्घाखाँची, सितगंगा नगरपालिका-४ अमराई बजारबाट करिब ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित कपिलवस्तु बुद्धभूमि नगरपालिका-१ चामघाट बस्ने ३५ वर्षीय रमेश बेल्बासे लगायत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लु.२५ प ८८७८ र अन टेष्ट लखिएको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त गाँजा सहित फेला पारी दुवै मोटरसाइकलमा सवार ४ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!