
झापा, बाह्रदशी गाउँपालिका-३ पुरानो बजारस्थित सडकमा मे.१ ख १८७३ नम्बरको अलकत्रा तताउने ट्रक स्टार्ट गर्ने क्रममा मंगलबार दिउँसो आगलागी हुँदा ट्रक लगायत अन्य सामान जलेर करिब ९० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, लेटाङ नगरपालिका-९ मदन चोक बस्ने शरण मगरको मोटरसाइकल ग्यारेजमा मंगलबार राति आगलागी हुँदा मे.४ प ८१०१ नम्बरको मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ । साथै आगो निभाउने क्रममा घाइते भएका उनकै छोरा १९ वर्षीय सबिन मगरको स्थानीय अबि मेडिकल जाँतेमा उपचार भइरहेको छ ।
प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।