
त्रियुगा नगरपालिका-३ मुसहरी टोल बस्ने ३९ वर्षीया ललिता सदा र सोही ठाउँ बस्ने ४० वर्षीया फुलकुमारी सदाको चट्याङ लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल गाइघाटमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।