हिपमत डटकम

मंगलबार, आषाढ २९, २०७८ || 1474  पटक पढिएको

विराटनगर । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले प्र.डा. राजेन्द्रप्रसाद विमल सहित साहित्यका विभिन्न विधामा कलम चलाउने ६ जना स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्तीको अवसर पारेर उहाँहरुलाई पुरस्कृत गरेको हो ।

प्रतिष्ठानले मंगलबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी ६ जना स्रष्टा सहित एउटा संस्था समेतलाई पुरस्कृत गरेको हो । कार्यक्रममा ५० हजार राशिको प्रतिभा पुरस्कार प्र.डा. राजेन्द्रप्रसाद विमललाई प्रदान गरिएको हो ।

त्यस्तै समाजसेवी दीनबन्धु गोयलद्वारा स्थापित साहित्य पुरस्कारबाट प्राज्ञ गंगा सुवेदी पुरस्कृत भएकी छन् । प्रतिष्ठानले सुवेदीलाई नगद ५० हजार नगदसहित पुरस्कृत गरेको हो । सोही अवसरमा प्राज्ञ लक्ष्मी उप्रेतीलाई ज्वालाप्रसाद पोखरेलद्वारा स्थापित पुरस्कार प्रदान गरिएको हो । उप्रेतीलाई पनि ५० हजार राशिको पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिष्ठानले लीलानाथ–विश्व मञ्जरीले स्थापना गरेको यस वर्षको पुरस्कार पाणिनी संस्कृत विद्यालयलाई समर्पण गरेको छ । ५० हजार राशिको सो पुरस्कार विद्यालयका अध्यक्ष कविराज न्यौपानेले ग्रहण गरेका थिए । कार्यक्रममा साहित्यकार भानुभक्त सुवेदी, शुभलक्ष्मी लम्साल र ममता मृदुल पनि पुरस्कृत भए । सुवेदीलाई २१ हजार, लम्साल र मृदुललाई जनही १०–१० हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष दधिराज सुवेदीको ‘मोरङमा साहित्यको उत्पत्ति र विकास’, लक्ष्मी पोखरेलको ‘तीर्थाटन’ र भानुभक्त सुवेदीको ‘भड्खालो’ पुस्तक विमोचन गरिएको थियो । विमोचित तीनवटै पुस्तकका विषयमा प्राज्ञ विवश पोखरेलले टिप्पणी गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइराला, समालोचक कविराज न्यौपाने, साहित्यकार दिङ्लाली कान्छोलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!