नेकपा एमालेको भ्रातृ संगठन युवा संघले युथ फोर्स गठन गरेको छ । सोमबार काठमाडौंमा बसेको युवा संघको बैठकले युथ फोर्सको गठन गरेको हो । यसअघि नै गठन गरिएको युथ फोर्सलाई खारेज गरिएको भए पनि पुनर्गठन गरिएको छ ।

५०१ युर्थ फोर्सको प्रमुखको जिम्मेवारी क्षितिज थेवेलाई दिइएको छ भने उपप्रमुखको जिम्मेवारी पुष्प श्रेष्ठले पाएका छन् । नेकपा एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्युँताएको नेकपा एमालेका नेता तथा युवा संघ नेपालका ईन्चार्ज महेश बस्नेतले बताए ।

‘युथ फोर्स फेरि जन्मिएको छ । युथ फोर्स सिरानमुनी राखिएको खुकुरीजस्तै हो किसानको घरको । र, अप्ठ्यारो पर्‍यो भने संकट पर्‍यो भने यसलाई फेरि निकालिनेछ भनेर हामीले भनेका छौँ । युथ फोर्स अहिले जन्मिएको छ । यसले नेकपा एमालेको सिद्धान्त विचारको रक्षा गर्ने छ । जनताको बहुदलीय जनवादको प्रयोग गर्ने सन्दर्भमा, यसलाई रक्षा गर्ने सन्दर्भमा र यसलाई विस्तार गर्ने सन्दर्भमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने छ । यसले आवाजविहीनहरूको आवाज उठाउन भूमिका खेल्ने छ ।’

उनीले युथ फोर्सलाई नेकपा एमालेमाथिको घेराबन्दी तोड्दै आवश्यकता अनुसारको प्रतिकारका लागि योजना बनाउन पनि निर्देशन दिए । साइबर सेनासँग सहकार्य गरी एमालेविरुद्ध भ्रम छर्नेहरूविरुद्ध सही सन्देश दिने काममा भूमिका निर्वाह गर्न उनले आग्रह गरे । नेता बस्नेतले केपी शर्मा ओली बुधबार बालकोटस्थित निवास प्रस्थान गर्दा २ हजार वटा गाडी र ३ हजारवटा मोटरसाइकललले स्वागत गर्ने पनि बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ३० दिनभित्र विश्वासको मत लिन नसकी पुनः नेकपा एमालेकै सरकार बन्ने दाबी पनि गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!