हिपमत डटकम

मंगलबार, आषाढ २९, २०७८ || 800  पटक पढिएको

मकवानपुरमा मंगलबार बिहान २ जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ स्थित बकैया खोला पुलमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विहान ५ : ३० बजेको समयमा सो पुलको रडमा सलको पासो लगाई झुण्डिएको अवस्थामा दाङको बबई गाउँपालिका स्थायी ठेगाना भएका हाल बकैया–४ तामाखोला बस्ने ३५ बर्षीय भीमबहादुर खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए ।

उनका अनुसार मृतक खत्री स्थानीय क्रसर उद्योगमा मजदुरी गर्दै आएका थिए । घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएपनि आवश्यक अनुसन्धान अघि बढाइएको उनको भनाई छ ।

त्यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ संगमचोकस्थित आफ्नै डेरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्दै आएका डिके भन्ने करिब ५० बर्षका पुरुषको शव बिहान ७ बजे फेला परेको प्रहरी उपरिक्षक रिमालले जानकारी दिए ।

घटनाको प्रकृति र घटनास्थलको प्रारम्भिक अनुसन्धान गर्दा कुनै शंकास्पद बस्तु नभेटिएको उनले बताए ।

दुबै व्यक्तिको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!