
झापा । बिर्तामोडमा आज बिहान अर्धनग्न अवस्थामा एक युवतीको शव फेला परेको छ ।

बिर्तामोड नगरपालिका- ५ स्थित पूर्व-पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तरमा २५ वर्षीय युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकाे ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
सानिमाको घरमा सपरिवार बस्दै आएकी सृजना घरको आँगनमा अर्धनग्न अवस्थामा मृत भेटिएकी हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।