हिपमत डटकम

आइतबार, आषाढ २७, २०७८ || 618  पटक पढिएको

नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसको कोठा नम्बर १० बाट संरक्षित रेडपाण्डाको छाला १ थान र ४ वटा भालुको पित्त जस्तो देखिने वस्तु सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका-४ ठेगाना भएका ४९ वर्षीय भक्त बहादुर पुन, सोही ठाउँ ठेगाना भएका ४१ वर्षीय केशव पुन र दाङ शान्तीनगर गाउँपालिका-१ ठेगाना भएका २९ वर्षीय रोबिन बुढा रहेका छन् । उक्त गेष्टहाउसमा संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले तलासी लिने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!