
कास्की, माछापुच्छ्रे गाउँपालिका-२ बाँझोखेतस्थित सडकमा ग.३ प ३२२५ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँस्थित काकाको घरमा बस्ने गोरखा घर भएका ३२ वर्षीय जिबन गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ बसामाडीस्थित सडकमा बागमती प्रदेश ०३-००३ प ७२१४ नम्बरको मटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक मनहरी गाउँपालिका-३ बस्ने ३३ वर्षीय कृष्णहरि कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो ।
बाँके, बैजनाथ गाउँपालिका-५ जि-गाँउस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३४ वर्षीय नारायण रिजालको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर हुँदै नर्सिङ होम अस्पताल नेपालगंजमा थप उपचारको क्रममा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मोरङ, बुढीगंगा गाउँपालिका-१ आरती स्टिलस्थित सडकमा बा.१८ च ९७६ नम्बरको कार अनियन्त्रित भई पोलमा ठोकिएर शनिबार राति दुर्घटना हुँदा कारमा सवार विराटनगर महानगरपालिका-३ बस्ने ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते उनको विराट अस्पताल विराटनगर हुँदै न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ४ जनाको विराट अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।