
नवलपरासी(पूर्व), मध्यविन्दु नगरपालिका-१५ बस्ने चिनमाया रानाकी ४ वर्षीया छोरी आकृती रानाको सोही ठाउँस्थित गोडार खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएकी उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

जाजरकोट, कुशे गाउँपालिका-९ थानबाडा बस्ने १७ वर्षीया नारायणी सुनारको खोलाले बगाएर शनिबार दिउँसो मृत्यु भएको छ । मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सोही गाउँपालिका-८ सरु खोलामा बालुवा निकाल्न भनी गएकोमा नुहाउने क्रममा सोही खोलाले बगाएर उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।