हिपमत डटकम

आइतबार, आषाढ २७, २०७८ || 558  पटक पढिएको

पार्टी एकताको सुत्र खोज्न गएको सोमबारदेखि लगातार नेकपा एमालेको कार्यदलको बैठक बसिरहेको छ। कार्यदलको बैठक आज विहान ९:२० देखि अर्थमन्त्रालयमा जारी छ।

बैठकमा जानुअघि कार्यदलका सदस्य गोकर्ण विष्टले पार्टी एकताको सुखद खबर आजै सुनाउने बताएका थिए। तर प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको एउटा–एउटा अडानका कारण कार्यदलले सहमतिको पूर्ण खाका अझै तयार पार्न सकेको छैन।

कार्यदलका सदस्यहरुले यी विषय मिलाउने विषय अब आफूहरुको ल्याकतभन्दा माथि पुगेको बताएका छन्।

‘तै पनि कुरा मिलिहाल्छ कि भनेर बसिएको छ,’ कार्यदलका एक सदस्यले नेपालखबरसित भने। ओली निकट स्रोतका अनुसार पार्टी संरचनालाई जेठ २ अघिको अवस्थामा फर्काउन उनी तयार भइसकेका छैनन। जेठ २ अघि लैजानु भनेको दुई कारणले ओलीका लागि घाटाको विषय हो। पहिलो, पार्टी संरचनालाई जेठ २ अघि फर्काउँदा अधिकांश तल्ला कमिटीमा नेपाल समूहकै वर्चश्व हुने डर ओली पक्षलाई छ।

‘०७५ जेठ २ अघिको संरचनामा फर्किनु भनेको पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित २०३ केन्द्रीय सदस्यसहितको कमिटी पुनर्जिवित गर्नु हो,त्यसमा ओलीजी सहमत हुनुभएको छैन, उहाँले पार्टी एकता हुँदा थपिएका ४५ जना र ०७७ फागुन २८ पछि थपिएका २३ जना समेत राखेर कमिटी ब्युँत्याउने कुरा गर्नुभएको छ, त्यो हामीलाई मान्य छैन, माधव कमरेड झन सहमत हुनुहुन्न,’ नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने।

यदि फागुन २३ यताका सबै निर्णय सबै खारेज गरेर निशर्त ०७५ जेठ अघिको अवस्थामा जाने हो भने कार्यदलमा सहमति हुन सक्ने ती नेताको भनाइ छ। यस्तै दुई समूहका बीचमा मिल्न नसकेको अर्को विषय कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका २३ सांसदले गरेको हस्ताक्षरको विषय हो।

नेपाल समूह सर्वोच्चको निर्णयलाई प्रभावित पार्नेगरि हस्ताक्षर फिर्ता नलिने पक्षमा छ। ‘ओलीजीले गरेको प्रतिगमन, प्रतिगमन नै हो, हामीले हस्ताक्षर फिर्ता लिने निर्णय गर्ने हो भने उहाँले पनि प्रतिनिधिसभा विघटन गलत थियो म फिर्ता लिन्छु भन्ने हुन्थ्यो नि त,’ स्रोतले भन्यो,‘त्यसैले हस्ताक्षर फिर्ता नलिने गरि अदालतको फैसलाको सन्दर्भमा खोज्न सकिने बीचको बाटो हेरिरहेका छौं फेला परिसकेको छैन।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!