काठमाडौं । एक विवाहित महिलालाई करणी गरेको आरोपमा रौतहटमा नेपाली काँग्रेसका एक स्थानीय नेता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका ५० वर्षका नागेश्वर कुश्वाहा रहेका छन् ।

उनीबिरुद्ध सोही स्थानकी एक महिलाले आफूलाई फकाएर काँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी पछि कुश्वाहालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उजुरी दिने महिला विवाहित भएको प्रहरीले बताएको छ । उनीमाथि ३ दिन अघि बलात्कार भएको बताइएको छ ।

जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पीडित महिलाका अनुसार आरोपीत कुश्वाहाले ३ दिन अगाडी घरयासी सामान लिने भनेर गरुडा बजारतर्फ लगेका थिए ।

त्यसपछि सामान खरिद नगरि बजारभन्दा केही पर जंगलमा लगेर जबरजस्ती बलात्कार गरेका थिए । प्रहरीले कुश्वाहालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ । न्युज २४ बाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!