
सर्लाही । उद्योग बाणिज्य संघ सर्लाही मलंगवाले नव आग्न्तुक प्रमुख जिल्ला अधिकारी राम कुमार महतोलाई स्वागत सम्मान एवं अन्तक्रिर्या कार्यक्रम गरेको छ । शुक्रबार दिउँसो मलंगवा स्थित उद्योग बाणिज्य संघ सर्लाहीको सभाहलमा सम्पन्न भएको छ ।

उद्योग बाणिज्य संघ सर्लाहीका अध्यक्ष बिरेन्द्र प्रसाद साहको अध्यक्षतामा भएको सम्मान तथा अन्तक्रिर्या कार्यक्रममा पाँच दिन अघि जिल्लामा आउनु भएका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोलाई फुलमाला अबिर तथा दोसल्ला ओढाएर सम्मान गर्नुभयो । साथै कार्यक्रममा नेपाल प्रहरीका प्रमुख एसपी सन्तोष सिंह राठौर,सशस्त्र प्रहरी प्रमुख (एसपी) राष्ट्रिय अनुसन्धान प्रमुख दिलिप कुमार सिंह ,नेपाल पत्रकार महासंघ सर्लाहीका पुर्व अध्यक्ष बिश्वनाथ ठाकुर, उपाध्यक्ष अनबर अहमद,मनोज यादब, माउन्टेन टेलिभिजनका संचारकर्मी राजिव शाह लाई फुलमाला अबिर लगायर सम्मान गरिएको छ । अन्तक्रिर्या कार्यक्रम मार्फत जिल्लाको व्यपारिक अवस्था,समस्या र चुनौतीको विषयमा गहन छ्लफल गरेका हुन् ।
कार्यक्रममा सहभागी उद्योगीहरुले कोभिड-१९ ले प्रभावित भएको ब्यापार व्यवसायीलाई बैंक ब्याज , बजार सुरक्षा, लामो समय देखी बन्द सिमानाकाको बारेमा प्रजिअलाई ध्यानाकर्षण गर्दै छ्लफल गरिएको उद्योग बाणिज्य संघ सर्लाही मलंगवाका अध्यक्ष बिरेन्द्र प्रसाद शाहले जानकारी दिए ।
कोभिड-१९ को समयमा निजीक्षेत्रका व्यवसायीले गरेको उल्लेखनीय कामको प्रसंशा गर्दै प्रजिअ महतोले साउन १ गतेबाट जिल्लामा देखिएको समस्यामा योजनाबद्ध भएर लाग्ने बताउनुभयो । प्रजिअ महतोले जिल्ला शान्ति सुरक्षा सुशासन कायम गर्न सबै निकायको भुमिका अपरिहार्य हुनेभएकोले सबैले आअफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गर्नुभयो ।