गणेश कुमार ठाकुर

शुक्रबार, आषाढ २५, २०७८ || 1041  पटक पढिएको

सिरहा जिल्लको मिर्चैया नगरपालिकाद्धारा महिलालाई आत्मनिर्भर बनाउन सिलाई मेसिन वितरण गरेको छ । महिलालाई आत्मनिर्भर बनाई उनिहरुको जिवन स्तर माथी उकास्न मिर्चैया नगरपालिकाले वडा नं. १० का २० जना महिलाहरुलाई सिलाई मेसिन निःशुल्क वितरण मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादबले बताए । नगर प्रमुख यादबले एक कार्यक्रमका विच गरिब तथा विपन्न परिवारका महिलाहरुलाई सिलाई मेसिन हस्तान्त्रण गर्नु भएको छ ।

मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादबले भने अबको समयमा महिला घुम्टोबाट बाहिर निस्केर आफ्नो खुट्टामा उभिन सक्ने दक्षजन शक्ति उत्पादन गर्ने लक्ष्यलिएको छ । जनसंख्याको आधीभाग महिलालाई जागरुकबनाउने बालबालिका, असहाय बृद्धबृद्धालाई राज्यले नै सुविधा दिइरहेकोमा यस्ता कार्यक्रम तालिमबाट प्रत्येक वडामा संचालन गरी महिलालाई उत्थानगर्ने र सो कार्यमा नगरपालिकाबाट सक्दो सहयोग मेयर यादवले बताएका छन् ।

महिलाहरुलाई सिलाई पेशा तर्फ आर्कषित गरी आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई मेसिन वितरण गरिएको मेयर यादबले बताउनु भयो । सिलाई मेसिन वितरण गरिएका २० जना महिलाहरुलाई मिर्चैया नगरपालिकाद्धारा ३ महिनाको सिलाई कटाई तालिम दिएको छ ।

मेसिन हतान्त्रण कार्यक्रममा बोल्दै मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादबले सिलाई कटाई तालिम कामै नलाग्ने तालिम हो भन्ने जनमानसमा रहेको भ्रमलाई गलत सावित गरी सिलाई पेशाबाटै मनग्य आम्दानी गर्न महिलाहरुलाई आग्रह गर्नु भएको छ ।

समय परिवर्तन संंगै फेरिएको फेसनले ब्लाउज, पेटिकोटलाई विस्थापित गर्न लागेको अवस्थामा पुरानो लवाई खवाईलाई बचाई राख्न उहाले आग्रह गर्नु भयो । साथै उहाले आफुले सिकेको सिपलाई सक्दो उपयोग गर्न आग्रह गर्नु भएको छ । सिकेको सिपलाई प्रविधियुक्त बनाउन पुर्नःताजगी तालिमका लागी नगरपालिकामा माग गर्न पनि आग्रह गर्नु भएको छ ।
तीन महिना अघि सिलाई तालिम दिई दक्ष बनाई महिलाहरुलाई एक कार्यक्रमका विच २० वटा सिलाई मेसिन हस्तान्तरण गरिएको हो । आर्थिक स्थिति कमजोर भएका र विपन्नलाई मेसिन उपलब्ध गराइएको मिर्चैया नगरपालिकाका प्रशासन शाखा प्रमुख जित साहले जनाएको छ ।

उत्त कार्यक्रममा मिर्चैया नगरपालिकाका उपमेयर जिवछी देवि साहको अध्यक्षतामा भएको सिलाई मेसिन वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार याद,अतिथिको रुपमा वडा नं. १० का वडध्यक्ष राम चन्द्र मण्डल,वडा सदस्यहरुलगाय सिलाई कटाई तालिमका प्रशिक्षक तथा सहभागिहरु लगायत स्थानीय बुद्धिजिवी, समाजसेवी, संचारकर्मीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!