हिपमत डटकम

बिहिबार, आषाढ २४, २०७८ || 681  पटक पढिएको

विराटनगर महानगरपालिका कृषि शाखाद्वारा फलफुल दशक कार्यक्रम अन्तर्गत फलफुल विरुवा रोपण तथा फलफुल खेती प्रवद्र्धन कार्यक्रम मार्फत महानगरका कृषक समूहलाई ५० प्रतिशत अनुदानमा वर्षे फलफुल विरुवा वितरण गरिएको छ ।

बिहीवार एक कार्यक्रम बीच मयेर भीम पराजुली तथा उपमेयर इन्दीरा कार्कीले कृषक समुहलाई विरुवा हस्तान्तरण गरी सो कार्यक्रमको शुभारम्भ गरेका छन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर परजुलीले ५० प्रतिशत अनुदानमा वितरण गरिएको फलफुल विरुवालाई संरक्षण संबद्र्धन गरी व्यवसायिक रुपमा जीवनयापन समेत गर्न सक्ने बताए । उनले फलफुल विरुवाले आम्दनी संगै प्रशस्त मात्रामा अक्सिजन समेत दिने भएकोले वातावरण समेत स्वच्छ हुने बताए ।

महानगरपालिका कृषि शाखा संग आबद्ध करिब ३५ कृषक समूहलाई विभिन्न जाताका १२ हजार फलफुल विरुवा वितरण गर्ने कृषि शाखाकी भगवती दहालले जानकारी दिईन । दहालका अनुसार कुल बजेट १७ लाख रहेको मध्ये ७० प्रतिशत विरुवा खरिद तथा ३० प्रतिशत मलखाध, औषधी, स्प्रे मेसिन तथा घेरबेर सहितका उत्पादन सामग्रीमा खर्च गरिनेछ ।

प्रदेश २ रौतहटको महादेब फलफुल नर्सरीबाटा टेण्डर मार्फत ड्रेगन पु्रmट, आँप, लिची, अम्वा, कागती र केरा लगायतको विरुवा खरिद गरिएको हो । ड्रेगन पु्रmट, आँप, लिची, अम्वा, कागतीको विरुवा रु.५० र केराको विरुवा रु.२७ मा किसानहरुले पाउने छन् । कार्यक्रम महानगरपालिका कृषि शाखाका अधिकृत खगेश्वर तिमिसिनाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!