हिपमत डटकम

बुधबार, आषाढ २३, २०७८ || 500  पटक पढिएको

काठमाडौं । अभिमन्यु मिश्र सबैभन्दा कम उमेरमा ‘चेस ग्र्यान्डमास्टर’ बनेका छन् । उनले १२ वर्ष ४ महिनाको उमेरमा सबैभन्दा कम उमेरमा ‘चेस ग्र्यान्डमास्टर’ बन्ने नयाँ कीर्तिमान राखेका हुन्।

यस भन्दा अगाडि सेर्गे कार्जाकीनले सो कीर्तिमान राखेका थिए । उनी सन् २००२ मा १२ वर्ष ७ महिनाको उमेरमा ‘चेस ग्र्यान्डमास्टर’ बनेका थिए।

बीबीसीका अनुसार अमेरिकाका अभिमन्यु १० वर्ष ९ महिना हुँदा सबैभन्दा कान्छा ‘अन्तर्राष्ट्रिय मास्टर’ बनेका थिए। उनको अबको लक्ष्य भनेको सबैभन्दा कान्छो ‘स्ट्रङ्ग ग्र्यान्डमास्टर’ र एलीट ग्र्यान्डमास्टरू को उपाधिहरू प्राप्त गर्ने रहेको छ।

अभिमन्युले साढे दुई वर्षको उमेरमा चेस खेल्न थालेको र सात वर्षको उमेरमा सबैभन्दा कान्छो अमेरिकी दक्ष खेलाडी बनेको जनाइएको छ ।चेस खेलमा उच्चस्तरको प्रदर्शन गर्दै तीन खेल जितेर विश्व चेस महासङ्घको रेटिङमा कम्तीमा २,५०० अङ्क प्राप्त गर्न सकेमा मात्र ग्र्यान्डमास्टर उपाधि पाइन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!