हिपमत डटकम

बुधबार, आषाढ २३, २०७८ || 420  पटक पढिएको

स्याङजा । विभिन्न मुद्दामा अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रही फरार रहेका २० जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी, लागूऔषध, बैदेशिक रोजगार, सवारी ज्यान नाता कायम, करकाप, गालीवेईज्जती लगायतका बिभिन्न मुद्दामा विभिन्न समयमा फैसला भई लुकिछिपि बसेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय स्याङजा तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले असार ७ देखि २२ गतेसम्मको अवधिमा पक्राउ गरेको हो ।

फरार अभियुक्त पक्राउ गर्ने योजना सहित निग्रानी तथा खोजी गर्ने क्रममा २०३९ देखि सवारी ज्यान मुद्दामा फरार रहेका पुतलीबजार नगरपालिका-६ बस्ने ६५ वर्षीय मोति प्रसाद गुरूङ, २०७० मा जवरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय भई फरार रहेका अर्जुनचौपारी गाउँपालिका-२ बस्ने ७१ वर्षीय मन बहादुर रोकाहा लगायतका उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत स्याङजामा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!