हिपमत डटकम

बुधबार, आषाढ २३, २०७८ || 435  पटक पढिएको

कैलाली। धनगढी उपमहानगरपलिका-४ बोराडाँडीस्थित पण्डित मोटर्स वर्कशपबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको १ थान छाला सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-३ बस्ने ३८ वर्षीय मुकेश भट्ट र पण्डित मोटर्स वर्कशपका संचालक भारत मोतिहारी केशरीया थाना गोछी कुशगर घर भएका ४१ वर्षीय गगनदेव पण्डित रहेका छन् ।

उक्त वर्कशपमा वन्यजन्तु रेडपाण्डाको छालाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी तथा संघिय प्रहरी ईकाई कार्यालय धनगढी (हाल महेन्द्रनगर कन्चनपुर) समेतबाट खटिएको सयुक्त प्रहरी टोलीले वर्कशप तलासी गर्दा रेडपाण्डाको छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धनगढी कैलालीमा बुझाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!