
रंगेली । परम्परागत रुपमा वेत तथा बासको सामाग्री बनाउदै आएका रंगेली–६ माझी बस्तीका करिव २८ परिवारलाई रंगेली नगरपालिकाले पेशाको सम्र्वद्धन गर्ने हेतुले औजार सहित सहयोग उपल्वध गराएको छ ।

नगरले उनिहरुको परम्परागत रुपमा अंगाल्दै आएको पेशको जर्गेना गर्न बासको सामाग्री बनाउने औजार तथा नगद पाच हजार सहित सहगोग उपल्वध गराएको हो । रंगेली नगरपालिका नगरप्रमुख दिलिप वगडियाको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रममा बिच औजार तथा सहयोग उपल्वध गराईएको थियो ।
सो क्रममा नगरप्रमुख वगडियाले बजारमा प्लाष्टिकका रेडिमेट सामाग्रीका कारण वेत तथा बास बाट निर्मित सामाग्रीहरु लोप हुदै जादा पेशा संकटमा पर्नुका साथै परम्परा नै मासिने खतरा रहेकाले माझी समुदाय सहित नगर भित्रका लोप उन्मुख पेशाको सम्र्वद्धनका लागी नगरले योजना बनाएर काम गरिरहेको जानकारी दिनुभयो ।
सो क्रममा रंगेली नगरपालिकाका प्रशासकिय प्रमुख टोम प्रसाद सुवेदी, वडा नं.६ का वडाध्यक्ष रुपेश कुमार मण्डल, कार्यपालिका सदस्य शंकर प्रसाद साह, योजना प्रमुख कृष्ण भट्टराई लगायतले औजार तथा नगद हस्तान्तरण गर्नुभएको थियो ।