
देवानगञ्ज । सुनसरीको भोक्राहा नरसिंहमा सुनसरी खोलामा आएको बाढी बाट प्रभावित भएको घरपरिवार लाई एजुकेसनल एन्ड वेल्फेयर संस्था द्वारा खाद्यान्न सामग्री वितरण गरिएको छ ।

पालिका वार्ड न.५ स्थित रहेको अल इस्लाह एजुकेसनल एन्ड वेल्फेयर सोसाइटी नेपाल नामक संस्थाले बाढी बाट प्रभावित भएका ३५० घरपरिवार लाई खाद्यान्न सामग्री वितरण गरिएको हो।
केही दिन देखि लगातारको बर्षाले सुनसरी खोलामा आएको बाढी बाट विस्थापित भएको घरपरिवार चुल्हो बाल्न समेत अप्ठ्यारो भएको समयमा भोक्राहा नरसिंह गापा ५ स्थित रहेको अल इस्लाह एजुकेसनल एन्ड वेलफेयर सोसाइटी नेपाल संस्थाले पहिलो दिन पालिका वार्ड न. ५ का राम टोल, यादव टोल , सिस्वनि टोल र टपरा टोलका १५० घरपरिवार लाई राहत गरिएको थियोे । भने राहत वितरण कार्यक्रमको दोस्रो दिनमा वार्ड न. ४ का ऋषिदेव बस्तीका गरिब तथा अति विपन्न भएका २ सय घरपरिवार लगायत संस्थाले जम्मा ३ सय ५० परिवार लाई खाद्यान्न सामग्री वितरण गरिएको संस्थाका सचिव हरिस अन्सारीले जानकारी दिइएको छ ।
सचिव अन्सारीका अनुसार खाद्यान्न सामग्री अन्तर्गत भुजा ३ किलो ,चिउरा ५ किलो र भुजिया एक प्याकेजका दरले खाद्यान्न सामग्री वितरण गरिएको बताए ।
एजुकेसनल वेलफेयर सोसाइटी संस्थाले पालिकाका बाढी बाट विस्थापित भएका ५ सय घरपरिवार लाई राहत स्वरुपमा खाद्यान्न सामग्री बाड्ने हाम्रो लक्ष्य रहेको संस्थाका सदस्य समिम मियाले बताउनु भयो ।
त्यसै गरि भोलि पालिका वार्ड न. ७ का बाढी बाट प्रभावित भएका १ सय भन्दा बढी घरपरिवार लाई राहत बाड्ने कार्यक्रम रहेको संस्थाका कोषाध्यक्ष हमजा अन्सारीले जानकारी दिए।
राहत वितरण कार्यक्रममा पालिकाका कार्याबाहक अध्यक्ष पुनम कुमारी मेहता , वडा न. ४ का वडा अध्यक्ष हारुन अन्सारी , नेपाली काङ्ग्रेस गाउँ सभापती युबराज दाहाल , जसपाका महेन्द्र यादव साथै कार्यक्रमका सहयोगिहरुमा समिम फलाही , सदाम अन्सारी सेराज इस्लाही , सलमान अन्सारी , मेहयुधिन मन्सुली ,लुकमान अन्सारी ,जमाल मन्सुली सब्बिर आलम ,नौसाद असफाक , एहसान अन्सारी, सोहेल अन्सारी , अफताब आलम,जमिल अन्सारी, महताब आलम लगायत व्याक्तिहरुको सहभागीतामा राहत सामग्री वितरण गरिएको छ ।