हिपमत डटकम

मंगलबार, आषाढ २२, २०७८ || 644  पटक पढिएको

सोलुखुम्बु, माप्य दुधकोशी गाउँपालिका-६ सोलावन बस्ने पासाङ शेर्पाको घरमा आइतबार राति पहिरो जाँदा घर लगायत अन्य सामान समेत गरी करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । उनी छिमेकीको घरमा बसेका छन् ।

पर्वत, कुश्मा नगरपालिका-१ सहर्षधारास्थित पोखरा बाग्लुङ सडकमा सोमबार राति ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक पूर्णरुपमा अबरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ ।

नुवाकोट, शिवपुरी गाउँपालिका-६ गुरुङगाँउस्थित टोखा छहरे सडकमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिक्रेनीबाट खटिएको प्रहरीले स्थानिय जनप्रतिनिधिसँगको समन्वयमा पहिरो हटाउन आवश्यक पहल गरिरहेको छ ।

बागलुङ, काठेखोला गाउँपालिका-६ बहेल डाँडास्थित मध्यपाहाडी राजमार्गमा मंगलबार बिहान पहिरो जाँदा सडक अबरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोबिल्लाबाट खटिएको प्रहरीले स्काभेटरको सहयोगमा सडक खुलाउने पहल गरिरहेको छ ।

घटनास्थलमा नजिकको कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य समेत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!