हिपमत डटकम

मंगलबार, आषाढ २२, २०७८ || 757  पटक पढिएको

सुनसरी बराहक्षेत्र नगरपालिका ८ शुक्रबारे स्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडी सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय भुपेन राय र सुनसरी रामधुनी ७ का २५ बर्षीय अमिर लिम्बु रहेका छन् ।

आज बिहान राती १ बजे ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चतराबाट आईरहेको को२च ११२ नम्बरको मारुती भेन र को २ प ३५०२ नम्बरको मोटरसईकललाई नियन्त्रणमा लिई चेकजाच गर्ने क्रममा भेनबाट लागूऔषध गाँजा १५० के.जि, र सिटमा राखिएको अवस्था १ थान नक्कली रिवलबल पेस्तोल सहित फेला परेको थियो ।

प्रहरीलाई देख्न साथ तत्काल फरार रहेका २ जनाको खोजी कार्य भईरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!