
देवानगञ्ज । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र यसका कारण नेपालमा जारी लकडाउनकाबीच पनि रगतको अभाव कम हुन नदिन सुन्सरी को हरिनगर मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड–१९ को सङ्क्रमणको त्रास र लकडाउनका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न हरिनगर मा रक्तदान गरिएको हो । सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रस धरान संगको सहकार्य र शिवशान्ति पोलिक्लिनिक प्रा. ली हरिनगरा को सहयोगमा “द्रुत प्रतिकार्य केन्द्र हरिनगर गाउँपालिका ले सोमबार कार्यक्रम सम्पन्न गरेको छ ।

हरिनगर गाउँपालिका वडा नम्बर ४ (हरिनगरा बजार) स्थित शिवशान्ति पोलिक्लिनिक पा. लि. को प्राङ्गणमा आयोजित कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन्। उक्त कार्यक्रमा हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारी, पालिका उपाध्यक्ष रिमझिम भगत, समाजसेवी साथै जनता समाजवादी पार्टी का पालिका अध्यक्ष धरमविर आर्य, स्थानीय वासी, युवा, समाजसेवी, बुद्धिजीवीलगायतका उपस्थित रहेका आयोजक संस्था द्रुत प्रतिकार्य केन्द्र हरिनगर गाउँपालिका का संयोजक ब्रम्हदेव मेहताले जानकारी दिए।

स्थानीय जनप्रतिनिधि, समाजसेवी साथै कार्यक्रममा उपस्थित सम्पूर्णले विश्व भरि फैलिएको कोबिड १९ जस्तो महामारीको समयमा पनि रक्तदान जस्तो पुण्य कार्य गरेकोमा प्रसन्नता व्यक्त गरे । रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने, यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए। कोरोनाको सङ्क्रमणबाट विश्व नै आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदातालगायत अन्य सहयोगीलाई संस्था ले सम्मान पत्र सहित सम्मान पनि गरे । आउँदा दिनहरु मा हामी अझै समाजको हित हुने कार्यक्रमहरू, असक्त लाइ सहयोग गरिने कार्यक्रमहरु गरिनै रहने छौँ भन्ने प्रतिवद्धता समेत संस्था का पदाधिकारीले गरे। रक्तदान कार्यक्रममा स्थानीय नेता, कार्यकर्ताको समेत उपस्थिति थियो।