इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिएको छ ।

निर्वाहामुखी कृषि क्षेत्रलाई व्यवसायीक, प्रतिस्पर्धी तथा सम्मानजनक व्यवसायको रुपमा विकास गर्ने उदेश्यका साथ कृषि ज्ञान केन्द्र सुनसरीको सहयोग तथा सामुहिक मकै ब्लक संचालक समिति भोक्राहा नरसिंह वार्ड नं.४ को आयोजना ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिएको हो ।

भोक्राहा नरसिंह गाउँपालिकाका किसानहरुलाई व्यवसायीक तथा औधोगिक कृषि प्रणालीमा रुपान्तरित गर्नका लगि ५० प्रतिशत अनुदानमा कृषि समग्री वितरण गरिएको सामुहिक मकै ब्लक संचालक समिति भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष राजेन्द्र प्रसाद मेहताले जानकारी दिए ।

समितका अध्यक्ष मेहताले कृषि सामग्री वितरण कार्यक्रममा बोल्दैँ भने भोक्राहा नरसिंह गाउँपालिकामा कृषि क्षेत्रमा प्रशस्त रोजगारी श्रृजना गर्न सक्ने तथा दिगो कृषि विकासको माध्यमबाट आगाडी बढ्नका लागि हरेक किसानहरुको घरमा कृषि सामग्री आवश्यक रहेको बताए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उँरावले भने आर्थिक रुपले सकृय जनशक्ति बिदेश पलायन हुँदा कृषि श्रमिकको अभाव, कृषि उत्पादनमा बढ्दो उत्पादन लागतका कारण किसानहरुको घरमा आवश्यक कृषि सामग्री नहुँदा किसानहरु चिन्तित बन्दै गएको बताए ।

उनले भने किसानहरुलाई आवश्यक पर्ने कृषि औजार अभावका कारण उत्पादन लागतमा बढी खर्च लाग्ने भएका कारण किसानहरु जहिले पीडित बन्दैँ आएको बताए ।

आइतबार कृषि ज्ञान केन्द्र सुनसरीको सहयोग तथा सामुहिक मकै ब्लक संचालक समिति भोक्राहा नरसिंह वार्ड नं.४ को आयोजनामा ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गर्दा किसानहरु खुशी भएको मकै ब्लक संचालक समितिका सचिव रुद्रनारायण मेहताले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार यान्त्रीकरण प्रबर्द्धनका लागि मकैँ बालीको उत्पादन देखि भण्डारणसम्म आवश्यक पर्ने सवै प्रकारका मेशिनरी औजार उपकरणको सेट खरिदमा परियोजना दस्तावेजमा उल्लेख भए वमोजिमको बढीमा ५० प्रतिशत पूंजीगत अनुदानमा किसानहरुलाई उपलव्ध गराइएको बताए ।

मकै ब्लक संचालक समितिका सचिव मेहताका अनुसार ५० प्रतिशत अनुदानमा पावर स्पेयर ३ सय १० थान, त्रिपाल २ सय थान, तौल मेसिन ३ थान र झारनाशक र जाइम विषादी २ सय ५१ जनालाई वितरण गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!