आइतबार, आषाढ २०, २०७८ || 903  पटक पढिएको

भोक्रहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड न. ५ (सिस्वोनी) वस्तीका बाढी बाट प्रभावित भएका परिवार लाई भोक्राहा QRC संस्थाले राहत सामग्री वितरण गरिएको छ । आज आइतबार बाढी बाट प्रभावित भएका २२ घरपरिवार लाई राहत वितरण गरिएको हो।

मनसुन सक्रिय भएपछि लगातारको बर्षाले सुनसरी खोलामा आएको बाढी भोक्राहा नरसिंहमा बाढी प्रवेश गरेपछि भोक्राहा नरसिंहका वार्ड न. १, ४ , ५,७,र ८ लगायतका वडाका बासिन्दाहरु बाढी बाट विस्थापित भएका मध्ये वार्ड न . ५ का केही अति विपन्न परिवार लाई भोक्राहा QRC संस्थाले राहत स्वरुपको सामग्री वितरण गरिएको संस्थाका संयोजक आफिया बनोले जानकारी दिएका छन।

आफिया बनोका अनुसार बाढी बाट प्रभावित भएको परिवार लाई खाद्यान्न सामग्री अन्तर्गत चिउरा ३ किलो , भुजा ३ किलोको सानो बोरा , च्याउ च्याउ , नुन ,र स्वास्थ सामग्रीमा कपडा धुने साबुन, नुहाउने साबुन माक्स लगायतका सामग्री वितरण गरिएको हिपमत डटकमलाई बताए । क्र.स अरु वडाहरुमा पनि आवश्यक पीडितहरुको खोजि निति गरि राहत वितरण गर्ने संस्थाका सदस्य समसाद अलि अन्सारीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!