हिपमत डटकम

आइतबार, आषाढ २०, २०७८ || 490  पटक पढिएको

काठमाडौंको रत्नपार्कस्थित आकाशेपुलको भित्तामा बनाइएको चित्र पुनः कोर्न कलाकारहरूले आह्वान गरेका छन्। कोरोना महामारीमा अग्रपंक्तिमा खटिनेहरूको सम्झनामा बनाइएको चित्र काठमाडौं महानगरपालिकाले गत साता मेटाएको थियो।

कलाकारहरूले आइतबार महानगरपालिकालाई पत्र बुझाउँदै पुनः चित्र कोरी पाऊँ भन्दै आग्रह गरेका हुन्।

 

कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका चिकित्सक, प्रहरी, स्वयंसेवी, शव व्यवस्थापक, सफाइकर्मी लगायतको सम्मानमा करिब एक साता लगाएर उक्त चित्र बनाइएको थियो। दुजाङ शेर्पाको नेतृत्वमा उक्त चित्र कलाकारहरू सांगे थिन्ले लामा, किपा शेर्पा, सुमिना श्रेष्ठ लगायतले कोरेका थिए।

काठमाडौं महानगरपालिका वडा नं २८ ले लिखित अनुमति दिएपछि नै उक्त चित्र कोरिएको थियो। तर एकाएक महानगरपालिकाले चित्र मेटाउँदा अग्रपंक्तिमा खटिने र कलाकर्मीको चित्त दुखेको उनीहरूले बताए।

सभाहल अगाडि उभिएर उनीहरूले ‘कलाको सहरमा कलाकै हत्या’, ‘सोल्टीमा बसेजस्तो सजिलो हुन्न’, ‘पुनः स्थापना गर’ लगायत ब्यानर बोकेर विरोध पनि गरेका छन्।

 

‘काठमाडौं त कलाको सहर हो तर यहाँ कलाकै अपमान भयो,’ कलाको नेतृत्व गरेका दुजाङ शेर्पाले भने, ‘यो चित्र न राजनैतिक थियो न अश्लील। तर पनि उहाँहरूले हटाउनुभयो। हामीले साता दिन आफ्नो मेहनत खर्चेर चित्र बनाउँदा कसैले रोकतोक गर्न आएनन्। अहिले २०–२२ दिनपछि छापामार शैलीमा हाम्रो चित्र मेटाउँदा निकै दुःखी छौं।’

 

उनीहरूले विरोधक्रममा महानगरलाई बुझाएको ज्ञापन पत्र प्रशासन प्रमुख रामजी ज्ञवालीले बुझेका थिए। उनले महानगरपालिकाले यो विषयमा ध्यानाकर्षण गर्ने बताउँदै भने, ‘उहाँहरूले चित्र बनाएको दुई–तीन साता भइसकेको थियो। उहाँहरूको सन्देश पनि पूरा भयो होला। यो घटनाले यति ठूलो रूप लिन्छ भन्ने हामीले सोचेका पनि थिएनौं। उहाँहरूले केन्द्रको अनुमति लिनुभएको भए सायद यो परिस्थिति आउने थिएन। हामी के गर्न सक्छौं, हेर्नेछौं।’

गत बुधबार यो चित्र हटाएपछि धेरैले महानगरपालिकाको विरोध गर्दै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!