
जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित विजुलीको पोलमाथि रहेको ट्रान्सफर्मर बनाउने क्रममा लडेर सोही ठाउँ बस्ने ३६ वर्षीय शुभ नेपालको शनिबार साँझ मृत्यु भएको छ ।

उक्त पोलबाट ट्रान्सफर्मर सहित लडेर गम्भीर घाइते भएका उनको सिमरास्थित अल्पईन अस्पतालमामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ ।