रत्नपार्कको आकाशे पुलको पर्खालमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले लखेको विरोधी नारा काठमाडौं महानगरपालिकाले मेटेको छ । विहान नेवि संघले ‘काठमाडौं महानगरपालिका मुर्दावाद’ र ‘विद्यासुन्दर शाक्य मुर्दावाद’ नारा लेखेको थियो ।

 

फ्रन्टलाइनरको सम्मानमा कलाकारले २८ नम्बर वडा कार्यालयबाट अनुमति लिएर बनाएको चित्र मेटेपछि आक्रोशित विद्यार्थीले उक्त नारा लेखेका थिए । तर, उक्त नारा पनि अवैध र अभद्र भएको भन्दै महानगरपालिकाले मेटेको हो ।

 

‘२०५८ सालदेखि हामीले काठमाडौं महानगरपालिका क्षेत्रभित्र भित्ते लेखन, पोष्टर-पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाएका छौं,’ काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले भने, ‘त्यही बेलादेखि काठमाडौं महानगरपालिकाले लिएको यो नीतिलाई कार्यान्वयन गर्दै आएका छौं । त्यहीअनुसार नै ती अभद्र नारा मेटाएका हौं ।’

 

२०७० सालमा महानगरलाई ‘होडिङ बोर्ड फ्रि काठमाडौँ’ घोषणा गरेका गरेको भन्दै सापकाटोले सहरी सौदर्यलाई प्रतिकुल असर गर्ने कार्यलाई प्रतिबन्ध गर्दै आएको बताए ।

कोभिड-१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति आथाह सम्मान रहेको भन्दै प्रतिबन्धित स्थानमा त्यस्तो गर्नु उचित नभएको उनले जानकारी दिए।

 

‘कोभिड-१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति अथाह सम्मान छ,’ उनले भने, ‘त्यस्तो असल कार्य आर्ट ग्यालरी वा अन्य ठाउँमा गएर वा अन्य माध्ययमबाट पनि बाहिर ल्याउन सकिन्छ । त्यहि प्रतिबन्धित ठाउँ नै रोज्नुपर्ने कुनै कारण छैन । त्यहाँ मात्रै होइन, हामीले अन्य ठाउँमा पनि मेटाएका छौँ । कसैप्रति लक्षित भएर हामीले मेटाएका होइनौँ । हाम्रो नीतिअनुसार गर्नु नहुने काम भएकाले मेटाएका हौँ ।’

उनले राजनीतिक दल र विभिन्न भ्रातृ संगठनलाई समेत विगतदेखि नै पटक-पटक आग्रह गरेको स्मरण गराउँदै सापकोटाले त्यस्तो कार्य नगर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!