
अछाम, बान्निगढी जयगढ गाउँपालिका-२ सलेनामा साँफेबगर नगरपालिका-८ जमलगाउँ बस्ने ५५ वर्षीय चेत कुँवर बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

गुल्मी, कालिगण्डकी गाउँपालिका-१ हर्मिचौर रेवता धाम मन्दिरमा २० वर्षदेखि पूजा पाठ गरी बस्दै आएका हाल नाम, थर, वतन नखुलेका करिब ७७ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।