
ललितपुर, ललितपुर महानगरपालिका-४ धोवीघाटस्थित सडक किनारबाट २० ग्राम ५ मिलीग्राम लागूऔषध एम्फेटामाईन सहित सोही ठाउँ बस्ने मोरङ विराटनगर महानगरपालिका-४ ठेगाना भएका २४ वर्षीय निश्चल रेग्मीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । निश्चलउपर जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।

साथै ‘ कैलाली, टीकापुर नगरपालिका-३ रामपुरबाट सोही नगरपालिका-६ भर्तापुर बस्ने २५ वर्षीय दिलिप राईलाई लागूऔषध ६० ट्याब्लेट नाईट्राभेट र १६ ट्याब्लेट स्पास्प्रोक्स सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध टीकापुर नगरपालिका-६ बस्ने लौटन चौधरीको पसलबाट खरिद गरी ल्याएको खुल्न आएपश्चात पसल तलासी गर्दा उक्त पसलमा चाउचाउको पेटीभित्र लुकाई राखेको अवस्थामा थप ६ सय ट्याब्लेट नाईट्राभेट र ९६ ट्याब्लेट स्पास्प्रोक्स प्रहरीले फेला पारी बरामद गरेको छ । लौटन चौधरीकी श्रीमतीलाई नियन्त्रणमा लिएर हाल फरार रहेका लौटन चौधरीको प्रहरीले खोजी गरिरहेको छ ।