अप्पन बिराटगढ परोपकार समाज विराटनगरले महानगरपालिका क्षेत्र भित्रका करिब एक हजार भन्दा बढी घर परिवारलाई खाद्यान्न सामग्री वतरण गरेको छ । महानगरका जम्मा ८ वटा वडाहरुमा सो सामग्री वितरण गरिएको हो ।

कोरोना महामारीको दोस्रो लहर फैलिए संगै जारी गरिएको निषेधाज्ञाले गर्दा रोजगार नपाएर समस्यामा परेका घर परिवारको खोजि गरी चामल, दाल, नुन, तेल, भुजा सहितका खाद्यान्न सामग्री वितरण गरिएको समाजका अध्यक्ष बसुन्धारा झाले जानकारी दिईन । उनले महानगरपालिका क्षेत्र भित्रका करिब एक हजार भन्दा बढी परिवारलाई सो सामग्री वितरण गरिएको बताईन् । उनले भनिन् हाम्रो यो अभियान अहिले निरन्तर जारी नै रहने छ ।

अध्यक्ष झाका अनुसार हाल सम्म विराटनगर महानगरपालिका वडा नं. ६ मा ६० जना, वडा नं.९ मा ७० जना, वडा नं.८ मा २५० जना, वडा नं.१० मा २०५ जना, वडा नं. १२ मा २१५ जना, वडा नं.१४ मा १२५ जना, वडा नं. ४ मा १०५ जना र वडा नं. १३ मा ६५ जना परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।

खाद्यान्न सामग्री वितरण अभियानमा प्रदेश सांसद माननीय जयराम यादव सहित जसपा नेपालका नेता उमेश यादव, जसपा विराटनगरका नगर सचिव रामचन्द्र यादव, नेपाली कांग्रेस क्षेत्र नं. ५ उप–सभापति फैयाज राइन, रंगेली नगरपालिकाका नगर प्रमुख दिलिप अग्रवालले सहयोग गरेको संस्थाले जनाएका छन् ।

त्यस्तै उद्योगपति एवं पुर्व सभासद पवन सारडा, मेक्स इन्टरनेशन होस्पिटलका चेयरमेन श्रीमती उषा यादव, जसपा नेपालका केन्द्रिय सदस्य तेजलाल कर्ण, बिराट ब्यपार संघ, समाज सेवी संजयजी, अभियानी श्रीमती ममता कर्ण, भरत यादव तथा समाज सेवी श्रीमती किरण ब्यासको सहयोगमा यो अभियान संचाल गरिएको हो ।

संस्थाका सचिव श्रीमती भागेश्वरी झा लगायत जसपा नगर सचिव रामचन्द्र यादव, समाज सेवी श्रीमती ममता सुवेदी यादव, समृद्धि नेपालका संस्थापक अध्यक्ष श्रीमती बिमला अर्याल, सल्लाहकार राजेश झा, ललन झा, श्रीमती रंजु झाको पूर्ण सहयोग तथा अथक प्रयासले यो अभियान कुशलता पूर्वक संचालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!