हिपमत डटकम

बिहिबार, आषाढ १७, २०७८ || 1228  पटक पढिएको

विराटनगर । विवेकशिल साझा पार्टी मोरङले करिब १ महिना देखि संचालन गर्दै आएको “तातो भात अभियान” बिहीवार देखि समापन गरेको छ । करिब ४ हजार भन्दा बढीलाई खुवाएको तातो भात बिहीवार देखि समापन भएको हो ।

पार्टीका मोरङ अध्यक्ष अमलेश कर्णका अनुसार गत जेठ १९ गते देखि असार १३ गते सम्म २७ दिन सो अभियान संचालन गरिएको हो । विराटनगरको सिमाना संग जोडिएको कटहरी गाँउपालिका तथा विराटनगर आसपासका स्थानहरुमा दैनिक एक सय देखि दुई सय जना बिपन्न घर परिवारका व्यक्तिहरूलाई एक छाक राहत स्वरुप तातो भात खुवाइएको हो ।

कोरोना महामारीको दोस्रो लहर फैलिए संगै जारी गरिएको निषेधाज्ञाले समस्यामा परेका विपन्न परिवारहरुलाई एक छाक राहत स्वरुप तातो भात अभियन संचालन गरिएको विवेकशिल साझा पार्टीका जिल्ला अध्यक्ष अमलेश कर्णले हिपमत डटकमलाई जानकारी दिए । उनले मानव सेवा नै सबै भन्दा ठूलो धर्म हो । साथै समस्यामा परेकाहरुलाई सहयोग गर्नु हाम्रो नैतिक जिम्मेवारी पनि भएकोले यो अभियान संचालन गरिएको बताए ।

विभिन्न सहयोगि हाथहरुको सहयोगमा यो अभियान संचालन गरिएको हो । उहाँहरुले आफै यस अभियानलाई आर्थिक सहयोग गर्नु भएको अध्यक्ष कर्णले बताए । यो अभियानमा विवेकशिल साझा मोरङका अभियानकर्मी विपिन पासवान, दीपक यादव, विष्णु कार्की, चिरन्जीवी रेग्मी, गणेश बिष्ट, श्याम कोइराला, आकास अग्रवाल, सुभाष भारती, बिरेन्द्र गुप्ता लगायतले खाद्यान्न सामग्री ल्याएर खाना पकाउने देखि खाना वितरण सम्मको कार्य कुशलतापूर्वक संपादन गरेका हुन् । अध्यक्ष कर्णले अभियानाकर्मी तथा सहयोगिहरुलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!