
रंगेली। राष्ट्रिय धान दिवसको अवसर पारेर श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले असार १५ लाई धान दिवसकाे रुपमा मनाएकाे छ ।

” मेरो कृषि, मेरो पाैरख भन्ने मुल नारा का साथ धान दिवस मनाएको हाे । रंगेली नगरपालिका ४ स्थित जन्ता माध्यमिक बिधालय काे १५ बिधा खेती १० बर्ष का लागि लिजमा लिएर बिगत बर्ष देखि साे खेतमा बाली उव्जाउन सुरु गरेको छ । राष्ट्रिय धान दिवस कार्यक्रम काे प्रमुख अतिथी ऋषिकेश पाेख्रेल अतिथि राम लाल साह, बाबुराम कार्की , मनाेज अग्रवाल डिल्ली पाेख्रेल, संस्था का अध्यक्ष सन्तोष मंण्डल, स्थानीय भुमा पराजुली , डिल्ली घिमिरे , उषा मंन्डल लगायतको समेत उपस्थिति रहेको थियोे । कार्यक्रम का प्रमुख अतिथि ले पहिले नेपाल काे चामल बिदेश पठाउने गरिएको भएता पनि अहिले बिदेशी चामल नेपाली हरु ले खरिद गरेर ल्याउने गरेकाे उनलेे बताए ।
अब का दिन हरुमा हामी कृषक हरुले नेपाली भुमिमा सबै ले मेहनत गरेर उव्जाएकाे बालि भित्र्याउन एक जुट हुनुपर्ने र अहिले बिदेशमा रहने युवा हरुले गाउँ मै बसेर राम्रो आम्दानी गर्ने सक्ने र धेरै उदाहरण हरु भएको ऋिषिकेश पाेख्रेल ले बताए । साेहि कार्यक्रममा ले भने दक्षिणी भेगका किसान हरुले हरेक बर्ष कृषक हरुले समयमै सिचाइ काे सुविधा , मल, र बिउबिजन काे समस्या रहेको भएता पनि अबका दिन हरुमा कृषक हरुकाे सहयोग र साथ लिएर कृषिमा अगाडि बड्ने समेत बताए ।
कार्यक्रममा प्रमुख अतिथि बिष्ट अतिथि, लगायत हरुले बिधिवत रुपमा धान राेपेर धन दिवस मनाएका छन ।