
राष्ट्रिय धान दिवसको अवसर पारेर श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले असार १५ लाई धान दिवसकाे रुपमा मनाएकाे छ । ” मेरो कृषि मेरो पाैरख “भन्ने मुल नाराका साथ धान दिवस मनाएको हाे ।

रंगेली नगरपालिका ४ स्थित जनता माध्यमिक बिधालयकाे १५ बिधा खेती १० बर्षका लागि लिजमा लिएर बिगत बर्ष देखि साे खेतमा बाली उव्जाउन सुरु गरेको छ । राष्ट्रिय धान दिवस कार्यक्रमकाे प्रमुख अतिथी ऋषिकेश पाेख्रेल अतिथि राम लाल साह, बाबुराम कार्की , मनाेज अग्रवाल डिल्ली पाेख्रेल, संस्थाका अध्यक्ष सन्तोष मंण्डल, स्थानीय भुमा पराजुली , डिल्ली घिमिरे , उषा मंन्डल लगायतको समेत उपस्थिति रहेको थियोे ।
कार्यक्रमका प्रमुख अतिथिले पहिले नेपालकाे चामल बिदेश पठाउने गरिएको भएता पनि अहिले बिदेशी चामल नेपालीहरुले खरिद गरेर ल्याउने गरेकाे उनलेे बताए । अबका दिन हरुमा हामी कृषक हरुले नेपाली भुमिमा सबैले मेहनत गरेर उव्जाएकाे बालि भित्र्याउन एक जुट हुनुपर्ने र अहिले बिदेशमा रहने युवाहरुले गाउँ मै बसेर राम्रो आम्दानी गर्ने सक्ने र धेरै उदाहरणहरु भएको ऋिषिकेश पाेख्रेलले बताए ।
साेहि कार्यक्रममाले भने दक्षिणी भेगका किसानहरुले हरेक बर्ष कृषकहरुले समयमै सिचाइकाे सुविधा , मल, र बिउबिजनकाे समस्या रहेको भएता पनि अबका दिनहरुमा कृषकहरुकाे सहयोग र साथ लिएर कृषिमा अगाडि बड्ने समेत बताए । कार्यक्रममा प्रमुख अतिथि बिष्ट अतिथि, लगायतहरुले बिधिवत रुपमा धान राेपेर धन दिवस मनाएका छन ।