
झापा, ९ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ४ जनालाई सोमबार दिउँसो ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका-५ वालुवाथान बस्ने २६ वर्षीय बिवेक लिम्बु, सोही ठाउँ बस्ने २२ वर्षीय शौरभ राई, ईलाम चुलाचुली गाउँपालिका-४ घर भई दमक नगरपालिका-५ बस्ने ३१ वर्षीय विक्रम राई र जेम्स भन्ने ३७ वर्षीय खगेन्द्र साँवा लिम्बु रहेका छन् ।
दमक नगरपालिका-६ थाना रोडबाट २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बिवेक र शौरभलाई प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनीहरुले उक्त लागूऔषध विक्रम र खगेन्द्रबाट खरिद गरि ल्याएको भन्ने खुल्न आएपछि विक्रम र खगेन्द्रको कोठाबाट नगद ५ लाख १४ हजार ३ सय रुपैयाँ बरामद गरी उनीहरूलाई पक्राउ गरेको थियो । साथै ईलाम चुलाचुली गाउँपालिका-४ स्थित उनीहरुको घर तलासी गर्दा बिक्रमको कोठाबाट ५ ग्राम र खगेन्द्रको कोठाबाट २ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारी प्रहरीले बरामद गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।