राजिव शाह

सोमबार, आषाढ १४, २०७८ || 773  पटक पढिएको

सर्लाही। कोरोना महामारीले बन्द रहेको यातायात र सरकारी कार्यालय अब खोल्ने भएको छ । कोरोना संक्रमित बिरामीको संख्या घट्दै र मृत्यु दरमा कमी आए पछि सर्लाही प्रशासनले यस अघिको भन्दा सहज गरेको छ ।

सर्लाहीमा मंगलबारबाट लोकल बस चल्न दिने र सरकारी कार्यालयहरुले पालिका अनुसार पालैपालो सेवा दिने निणर्य गर्दै फेरि एक हप्ता निषेधाज्ञा थप गरिएको छ । आज (सोमबार ) सदरमुकाम मलंगवामा बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले निषेधाज्ञा असार २१ गतेसम्म जारी राख्ने तर जिल्लाभित्र चल्ने लोकल बसहरु चलाउन अनुमति दिने र कार्यालयले पालिका अनुसार पालैपालो सेवा दिने निणर्य गरेको हो ।

मालपोत, नापीसहित सबै कार्यालयले भोली (मंगलवार) देखि नै पालिका अनुसार तालिका बनाएर सेवा दिने निर्णय भएको भएको जिल्ला समन्वय समिती सर्लाहीका प्रमुख मेथुर चौधरीले जानकारी दिए । आज (सोमवार)को बैठकले पसल व्यवसाय भने अब साँझ ५ बजेसम्म खोल्न दिने निणर्य भएको छ । जिल्लामा गएको बैशाख २५ गतेबाट सरकारी कार्यालयहरु र बजार बन्द गरिएका थिए । असार १ गतेबाट भने निषेधाज्ञा खुकुलो पारिँदै लगिएको छ । सर्लाहीमा तत्कालको लागि लामो दुरीको यातायात भने नचल्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!