रबिन्द्र बराल

सोमबार, आषाढ १४, २०७८ || 718  पटक पढिएको

रंगेली।माेरङकाे रंगेली नगरपालिका वडा नम्बर ७ स्थित बसपार्कमा रहेको ईलाका प्रशासन कार्यलय रंगेली ७ कै शुक्रवारे स्थित आदर्श टाेलमा सरेको छ ।

हुलाकी सडक निर्माण भए पछि बसपार्कमा रहेको प्रशासन कार्यलयमा सेवाग्राही हरुकालागि बस्ने तथा पार्किङकाे समेत ब्यवस्थापन नभएको हुनाले बसपार्कबाट शुक्रबारेमा सारिएको ईलाका प्रशासन कार्यलय रंगेलीका प्रमुख सुनिल पाैडेलले बताए । शुक्रबारेमा रहेको ईशान्त फर्मेसी का सन्चालक अजय कुमार मंण्डलले आफू बसाेबास गर्नेका लागि ac सहित काे ५ बटा काेठा सहित हल तथा कार्यलय प्रमुखको लागि आवास कक्ष, र सेवा ग्राहिका लागि पार्किङ सहित निर्माण गरिएको घरमा ईलाका प्रशासन सरेको हाे ।

अजयले एक करोडकाे लागतमा घर निर्माण गरेर आफू बसाेवास गर्ने भनिएता पनि उनले गाउँकाे बिकास का लाई ईलाका प्रशासन कार्यलय लाई उक्त घर भाडामा दिएका हुन । उनलेे भने पहिचान बाट लाेप हुन अवस्थामा रहेको शुक्रवारे लाई पुनः जगाउन का लागि आफुले प्रशासनलाई दिएको उनलेे बताए । शुक्रवारे ईलाका प्रशासन काे कार्यलय आएपछि साे गाउँका स्थानीय हरु खुशी ले हर्सित भएको स्थानीय राजेश आचार्यले बताए ।

काेराेना भाईरसका कारण निषेधाज्ञा कारण बन्द रहेको प्रशासन काे सम्पुर्ण काम काज १४ गते देखि सन्चालन मा आएकाे र ईलाका प्रशासन बाट रंगेली नगरपालिका , सुनवर्सि नगरपालिका , रतुवामाई नगरपालिका र धनपालथना गाउँ पालिका काे केही बडा तथा कनेपाेखरी गाउँ पालिका काे बडा नम्बर १ का स्थानीय हरु लाई सेवा समेत दिदै आईरहेकाे कार्यलय प्रमुख सुनिल पाैडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!