
कानेपोखरी । मोरङको कानेपोखरी लोटाङ बिचको जंगलमा एक शव फेला परेको छ । धनकुटा लेगुवाका ३० बर्षीय उमेश मिश्रको शव झुन्डिएको अवस्थामा निगुरो टिप्न जानेले देखेर प्रहरीलाई खवर गरेको आफन्तले बताए ।

७ बर्ष देखि इटहरी बस्दै जिप्सन जडानको काम गर्दै आएका मिश्र ११ गते ११ बजे सम्म सम्पर्कमा रहेको आफन्तले बताए । राति घर नआएको र सम्पर्क हुन नसके पछि चारै तिर खोजि भएको थियो । १२ गते ४ बजे तिर कानेपोखरी लोटाङ बिच बाटोको २ सय मिटर भित्र जंगल शव निग्रो टिप्नेले भेटेका थिए ।
आफन्त श्याम बाबु काफ्लेका अनुसार शव वरिपरिको अवस्था हेर्दा घटना शंकास्पद रहेको बताए । शव वरिपरि मडारिएको, हात र खुट्टामा डोरीले बाधे जस्तो डाम, हात, खुट्टा र शरिरमा निलडाम र खुट्टामा रगत देखिएको देखिएको र भुइ टेकेको अवस्थामा शव रहेकोले कसैले मारेर झुण्डाएको शंका आफ्न्तको छ ।
मिश्रले कुदाउने मोटर साइकल बाटोको छेउ जंगल भित्र रहेको र वरिपरि अन्य ३,४ वटा मोटर साइकल घुमाएको छाप रहेको काफ्लेले बताए ।