हिपमत डटकम

आइतबार, आषाढ १३, २०७८ || 821  पटक पढिएको

सुनसरीको कोशी गाउँपालिका- ८ मा तीन वटा सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

 

आइतबार बिहान पूर्वपश्चिम राजमार्गको कोशी गाउँपालिका-८ खण्डमा माइक्रो बस -हाइस)ले मोटरसाइकल र पिकअप भ्यानलाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको हो ।

 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३ख ७२२४ नम्बरको हाइसले पूर्वतर्फ आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । लगतै सोही दिशाबाट आउँदै गरेको को१च ९३६८ नम्बरको पिकअप भ्यानलाई ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी सुमन तिम्सिनाले जानकारी दिए ।

 

उनका अनुसार तीव्र गतिको हाइसको ठक्करबाट मोटसाइकल चालक सप्तरीको डाक्नेश्वरी नगरपालिका – ५ का २८ वर्षीय उदय साह, मोटसाइकलमा सवार विराटनगरका ४० वर्षीय रामप्रसाद साह र पिकअपका चालक विराटनगर- ७ का करीब ३८ वर्षीय अक्षयकुमार गुप्ताको मृत्यु भएको छ ।

 

दुर्घटनामा गम्भीर घाइते तीनै जनाको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो ।

 

हाइस चालक नुवाकोट विदुर नगरपालिका- १३ का ३५ वर्षीय विवश तामाङ र सहचालक सोही नगरपालिका- ११ का २५ वर्षीय नारायण बस्याल पनि सामान्य घाइते छन् । पानी परिरहेको समयमा तीव्र गतिमा हुइकिएका कारण दुर्घटना भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!