
सुनसरी भोक्राहा नर्सिङह गाउँ पालिका वार्ड न १ स्थित रहेको श्यामा श्याम कृषि सहकारी संस्थाले किसानहरु लाई कृषि सामग्री वितरण गरेको छ ।

पालिका कृषि शाखाले बाली विकास तथा जैविक बिविधता संरक्षण कार्यक्रम अन्तर्गत मकै खेती प्रबन्धक तर्फ किसानहरु लाई ५०% अनुदानमा कृषि सामग्री वितरण गरिएको हो।
अनुदान सामग्री अन्तर्गत पानी फ्याक्ने २ एच पिको किल्सकर मोटर १६ थान , १८×२४ (९० जि स एम) त्रिपाल २३६ थान, चार्ज वला पावर स्पियर १०६ थान, जिन्क १७५ किलो लगायतका कृषि उपकरणहरु ५०% अनुदानमा किसानहरु लाई वितरण गरेको श्यामा श्याम कृषि सहकारी संस्थाका अध्यक्ष बद्री नरायण मेहताले जानकारी गराउनु भएको छ ।
कार्यक्रमको स्वागतमन्तव्यमा शिक्षक पवन कुमार मेहताले सभा लाई सम्बोधन गर्दै किसानहरुका लागि स्थानीय सरकारले ५०% को अनुदानका यस्ता कार्यक्रमहरु एक दमै राम्रो हो । जहाँ लगानी हुन्छ । त्यहा माया हुन्छ।भनुको तत्पर सरकारले मात्रै लगानी गरेकोमा भन्दा केही प्रतीसत आफनो पनि लगानी भएको चिज राम्रो ,प्रभावकारी र माया लाग्दो हुन्छ । भने कुरा कार्यक्रम समछ राखनु भएको थियोे ।
त्यसै गरि मन्तव्यकै क्रममा शारदा उच्च मा वि का अध्यक्ष शिव नारायण मेहताले सभा सम्बोधन गर्दै किसानहरुका लागि महत्त्वपूर्ण कार्यक्रम हो। साथै आउने दिनहरूमा पनि किसानका लागि यस्ता अनुदानका कार्यक्रमहरु लाई पालिकाले ध्यान दिन जरुरी देखिन्छ ।
कार्यक्रममा वडा न . १ का वडा अध्यक्ष ललित थापा , वडा न .२ का अध्यक्ष आलम अन्सारी कृषि शाखाका शाखा प्रमुख रेणुका चोधरी ,पालिका सहकारी प्रमुख राम चन्द्र मेहता , भोक्राहा सना किसानका अध्यक्ष उमेश कुमार मेहता , उपाध्यक्ष सुरेन्द्र प्रसाद मेहता,जसपा जिल्ला अध्यक्ष महेन्द्र यादव , नेकपा अध्यक्ष रामकुमार मेहता, स्काउट नेपालका अध्यक्ष रमेश यादव , सहकारी संस्थाका शेयर सदस्यहरु लगायत ,गाउँ घरका बुद्धिजिवि ब्याक्तिहरुको उपस्थित रहेकोे थियोे ।