
मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजार नजिकै मा बसाेबास गर्दे आईरहेका एक घर परिवार बिचल्लीमा रहेका छन । ३५ बर्षाका सन्ताेष साह बिगत दुई महिना देखि खुट्टा सुनिन्ने र पेट फुल्ने राेग बाट पिडित भएका छन । सन्ताेष काे आर्थिक अभाव का कारण समयमै उपचार नहुनसक्दा अहिले उनी जीवन र मरण काे अवस्थामा पुगेका छन ।

केही साता अगाडि उनकाे उपचारका लागि जनप्रतिनिधि र विभिन्न संध संस्था तथा स्थानीय युवा हरु काे सक्रियतामा रकम सङ्कलन गरेर उपचारका लागि बिराटनगर स्थित काेशी अस्पतालमा उपचारका लागि लगिएता पनि उनकाे लिभर खराव भएको हुनाले डाक्टर काे सल्लाह अनुसार उनको उपचार अब नहु नसक्ने जानकारी गराए पछि अहिले उनकाे घरमा रुवाबासी चलिरहेको छ । एक बर्ष अगाडि अरुकाे टेम्पु भाडामा लिएर आफ्नो पाँच परिवार पालनपोषण गर्दे आईरहेता पनि उनि बिरामी भए पछि उनकाे परिवारमा दुई छाक टार्ने समेत समस्या परेको छ । केही दिन का लागि सुनर्सि अभियान तथा विभिन्न संस्थाले उक्त परिवारलाई खाधन्य समेत बितरण गरेको थियो ।
श्रिमान बिरामी परेर मृत्युको मुखमा छट्पटी रहेकाे हुनाले उनकाे श्रीमती कमला साह( परियार ) अहिले श्रिमान काे अगाडि बसेर रुवावासी गरिरहेकि छन । उनकाे १२ बर्षकि छाेरी लक्ष्मी साह १० बर्षकि अन्जली साह र ८ बर्षका भवेश साह समेत बुबा काे अगाडि बसेर राेहिरहेका छन। कमला ले भनिन अब श्रिमान काे अवस्था नाजुक भएको हुनाले अब छाेरा छारी हरु लाई कसरी पालनपोषण गर्ने र उच्च शिक्षा कसरी दिनु भन्दै बिलाैना समेत गरिरहेकि छन । उनले भनिन एउटा काेठा समेत भाडामा मासिक एक हजार रुपैयाँ तिरेर बस्दै आईरहेता पनि अब काेठा भाडा कसरी तिर्नु भन्दै बिलाैना समेत गरिरहेकी छन । श्रिमान काे उपचारका लागि उनले ८० हजार रुपैयाँ ऋिण लिएर श्रिमान काे उपचार गरेता पनि उनको श्रिमान काे राेग भने निकाे हुन सकेको छैन ।