
मोरङ। विराटनगर महानगरपालिका(१० अमर टोलस्थित शान्ति ग्रिल उघोगमा काम गर्ने सोही ठाउँ बस्ने ३२ वर्षीय बिपिन बिश्वकर्माको ग्रीन्डर मेशिनमा परेर शुक्रबार बिहान मृत्यु भएको छ ।

काम गर्न क्रममा अचानक लडेर उक्त मिशिनले काट्दा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।