राजिव शाह

शुक्रबार, आषाढ ११, २०७८ || 936  पटक पढिएको

सर्लाही। सर्लाहीको ईश्वरपुरमा शुक्रबार बिहान मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका युवकलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ ।

शुक्रबार बिहान साँढे ८ बजेतिर ईश्वरपुर नगरपालिका–७, धनपती डाँडामा बा ५० प ४४०२ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किँदा हरिपुर नगरपालिका–८, ईन्द्रपुर बस्ने ३५ वर्षीय दानबहादुर श्रेष्ठ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । टाउको, हात र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका श्रेष्ठलाई अमृत हेल्थ केयर बयलवासमा प्राथमिक उपचार गरी लालबन्दी सिटी हेल्थ केयर लालबन्दी ल्याइएको थियो ।

सामान्य उपचार गरी थप उपचारका शुक्रबार मध्यान्ह अल्टिटिउड हेलिकप्टर मार्फत शिक्षण अस्पताल महाराजगन्ज, काठमाण्डौं रेफर गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!